पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ।

आइतबार दिउँसो २ बजे काठमाडौंको फ्रन्टलाइन अस्पताल उपचारको क्रममा निधन भएको हो। उनी ८१ वर्षका थिए।

उनी लामो समयदेखि ढुंगाना कलेजोको समस्याबाट पीडित थिए।

२०४८ सालमा काठमाडौं २ बाट निर्वाचित भएका उनी २०५१ सम्म सभामुखको जिम्मेवारीमा थिए ।

सर्वोच्च अदालत बारको अध्यक्ष र नेपाल बारको महासचिवसमेत बनेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।

स्वर्गीय ढुंगानाका श्रीमती र एक छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय