गृहमन्त्री रमेश लेखकल वर्तमान संविधान अहिलेसम्मकै असल संविधान भएको बताएका छन्।

बुधबार संविधान कार्यान्वयनको वर्तमान अवस्था अन्तरसंवाद कार्यक्रममा उनले यो संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन ल्याएको भन्दै अहिलेसम्मको असल संविधान साबित भएको बताए।

‘यो संविधान अहिलेको अवस्थामा असल मध्येको असल संविधान हो, हामीले एउटा असल संविधान बनायौं,’ उनले भने, ‘संविधानमा केही कमीकमजोरी छैन भनेर भन्न सकिँदैन, किनभने पूर्ण केही पनि हुँदैन, सर्वगुण सम्पन्न केही पनि हुँदैन। यो संविधान असल मध्येको संविधान हो।’

उनले नेपालको लामो संवैधानिक र राजनीतिक यात्राको अनुभवबाट यो संविधानको उत्पत्ति भएको भएकमाो बताए। यसले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको गृहमन्त्री लेखकले बताए।

‘२००४ सालदेखी प्रारम्भ भएर ६८ वर्षपछि हामी २०७२ सालमा पुग्यौं, यो बीचमा हामीले ६ वटा संविधानहरु बनायौं, एउटा अन्तरिम संविधान बाहेक अरु सबै ५ वटा संविधान कुनै न कुनै रुपमा कि त असफल भए कि त असफल पारिएँ,’ उनले भने, ‘त्यो अनुभवको जगमा हामीले यो संविधानको निर्माण गर्यौ, हाम्रो संविधान कान्छो संविधान हो, संसारमा जति पनि बनेका संविधानहरु छन् त्यो मध्ये नेपालको संविधानले तत्कालीन सबै राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गर्यो।’

उनले नेपालको संविधानले समावेशी चरित्रको राज्य निर्माण गर्ने आयाम सिर्जना गरेको बताए । उनले यो संविधानले संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको एउटा नयाँ आयाम सिर्जना गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय