हाप्सा नेपालले पहिलो नेपाली सिपिआर गीतको सार्वजनिक गरेको छ।

‘नेपालमा समुदायस्तरको सीपीआरको सिकाइ, रणनीति, र भविष्य’ शीर्षकमा कार्यक्रम आयोजना गरी हाप्साले सामुदायिक सीपीआर कार्यक्रम विस्तार गर्न गीत सार्वजनिक गरेको हो।

देशका प्रमुख सरोकारवालाहरू र नेतृत्वकर्ताहरूलाई एकै स्थानमा ल्याई रोचक कार्यशाला सञ्चालन र नेपालको पहिलो सीपीआर गीतको सार्वजनिक समेत गरिएको हो।

कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको भिडियो सन्देशबाट गरिएको थियो।

मन्त्री पौडेलले सामुदायिक सीपीआरको महत्त्वलाई जोड दिँदै यस पहलको प्रशंसा गरे र देशभरी यस्तो कार्यक्रम विस्तार गर्न सरकारको प्रतिबद्धता र सहयोग सुनिश्चित गर्ने आश्वासन दिए।

यस्तै, अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा.विष्णु सापकोटाले पनि भिडियो सन्देशमार्फत यस्तो जीवनरक्षक पहललाई आफ्नो फाउन्डेसनको समर्थन रहेको बताए।

गायक डा.साउद ढिलोनले संगीत दिएको यो गीतका नेपाली शब्द र स्वर हाप्सा नेपालका डा.रामु खरेलको रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय