मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ जारी छ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ चलिरहेको निवेदकका कानुनव्उवसायीले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा लगानी गरेको अपुष्ट आरोप लगाएपछि प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । उनीमाथि साइबर अपराधमा अनुसन्धान चलिरहेको छ।
सर्वोच्चको आदेश अनुसार मङ्गलबार प्रसाईंलाई अदालतमा उपस्थित गराइएको थियो । मउनलाई मंगलबार उपचारका लागि विर अस्पतालमा फर्काइएको थियो।
प्रसाईंका छोरा निराजनले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका हुन्। प्रसाईंलाई गत मङ्सिर ४ गते सिआइबीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।