बुवा आमालाई त, आफ्ना सन्तान अगाढि आएर उभिदिए मात्र पुग्ने रहेछ !
तिमि साँच्चै भाग्यमानि रहेछौ! त्यो बुढो पिपलको रुखले पनि तिमिलाई पर्खिरहेको रहेछ, जस्तोकि तिम्रा बुवाले तिमिलाई पर्खि रहेका थिए! !
तिम्रो त्यहि पिपलको जस्तै, सयौँ बर्षे आयु र बाख्या नै गर्न नसकिने गुन होस दाई !
उ बेलाका साना गोरेटाहरु, एकदिन त फेरि तिम्रो पाइलाको डोबको, महसुस गर्न पायिन्छ भनेर केहि फराक, केहि घुमाउरा भएर तिम्रै प्रतिक्षामा रहेछन ! तिमि अबका बाँकि जिबनमा कहिलै रुन नपरोस, !
ति तिम्रा हराएका कयौं बर्षहरुले १. खुसि हुन कुनै ठुलो प्राप्ति चहिँदैन २.झुपडिको खुसिले देख्ने जति सबैलाई रुवाउँछ!
३. खुसिको प्रमुख नै स्रोत परिवार
४. सँधै रहि रहने बालापनका याद
५. कहिलै नमर्ने भाईभाइको सम्बन्ध ! जस्ता धेरै कुरा सिकायो !
तिमिले कत्ति दुख मान्नु पर्दैन, भरिएका ति कयौँ परदेसि झोलाहरुले दिन नसकेको खुसि खालि हात गएका तिमिले पुग्दो दियौ ! !
तिम्रो आगमनले, कयौं हराएका सन्तानहरुको खबरको पर्खाइमा टोलाई रहेका आँखाहरुमा, एकदिन सन्तान जिउँदै फर्किएर आउने आसाको दियो बालिदिएको छ। आयुष बुढाथोकि







