गृहमन्त्री रमेश लेखकले एक महिनाअघि मात्रै निजि सचिवका रुपमा राखेका उपसचिव बद्री तिवारीले गृहमा कर्मचारी, प्रहरी लगायत मातहतका कर्मचारीहरुको सरुवा बढुवामा प्रिपेड घुसको चर्को आतंक मच्चाएका छन्।

गृह मन्त्रालय अन्तरगतका विभिन्न जिल्लाका सिडियोदेखि अध्यागमन कार्यालयका कर्मचारी सरुवा र नेपाल प्रहरी र शशस्त्र प्रहरीको सरुवा बढुवामा तिवारीले प्रिपेड घुस लिने गरेको गृह मन्त्रालयका कर्मचारीको भनाई छ।

तिवारी यसअघि २०७४ सालमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुदा निजि सचिवको भूमिकामा थिए। त्यो बेला पनि विभिन्न मान्छेहरुसँग मोलतोल गर्दै घुस माग्न थालेपछि २०७९ सालमा देउवा प्रधानमन्त्री हुदा तिवारीलाई प्रधानमन्त्री कार्यलयबाट हटाएका थिए । तिवारीलाई प्रधानमन्त्री कार्यालयबाट हटाएपछि ‘मेरो सम्मानजनक बहिर्गमन’ गरिदिनु प¥यो भन्दै रोईकराई गरेपछि नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्युलरको रुपमा उनको सरुवा गरिएको थियो।

यसअघि रमेश लेखक २०६४ सालमा श्रम राज्यमन्त्री हुदा तिवारी विभिन्न च्यानलको प्रयोग गरेर निजि सचिवमा छिरेका थिए । त्यतिबेला पनि तिवारीले म्यानपावर ब्यावशायीहरुसँग बोरामा पैसा उठाउने गरेको अरोप लागेको थियो । आर्थिक उठौतीमा सम्वन्ध भएका कारण लेखकले आफु गृहमन्त्री हुदा फेरि तिवारीलाई राखेका हुन्।

रमेश लेखकसँग राम्रो सम्वन्ध भएका तिवारी दिल्लीबाट फर्कने वित्तिकै गृह मन्त्रालयमा आएका हुन्। तिवारीले अहिले उनी आउँनुभन्दा अघि सरुवा भएका अध्यागमन कार्यालयका कर्मचारीहरुलाई बानेश्वरको इन्द्रेणी फुडल्याण्याड रेष्टुरेन्टमा बोलाएर पैसा माग्ने गरेको आरोप छ । ‘हाम्रो सरुवा भैसकेको छ, तर पनि मन्त्रीका पिए मन्त्रीलाई सहयोग गर्नु प¥यो, बढो कष्ठका साथ चुनाव जितर आउनु भएको हो, भन्दै पैसा माग्छन्,’ अध्यागमन कार्यलयका एक अधिकृतले भने, ‘म पैसा दिन सक्दीन भन्दै मैलेत मलाई फेरि सरुवा गर्दिनुस् भनेको छु।’

गृहमन्त्री लेखकले कंचनपुरकै नेविसंघ पृष्टभूूमीका धर्मराज जोशीलाई निजि सचिवबाट हटाएर तिवारीलाई ल्याएका हुन्। लेखकको यो निर्णयबाट सुदूरपश्चिमका नेताहरु समेत रुष्ट भएका छन् भने बुढानिलकण्ठले पनि राम्रो मानेको छैन। तिवारी आफु गृह मन्त्रालय नआउदासम्मा कर्मचारीहरुलाई बार्दलीमै राखेका थिए। उनी गृह आएपछि लामो समय ‘होल्ड’ भएका सरुवा बढुवाहरु मोलमोलाई मिलाएर धमाधम गराएका हुन्।

गृह स्रोतका अनुसार तिवारीले सबैसँग मोलमोलाई गरेर सेटिङ गरेपछि गृहमन्त्रीले सरुवा बढुवा धमाधम गर्न थालेका छन् । तिवारी एमाले सचिव योगेश भट्टराईको साढुभाई भएकाले पनि गृहमन्त्रालयभित्र उनले एमाले अथाव कांग्रस इतरका कर्मचारीलाई च्याप्ने गरेको भन्दै कांग्रेस निकट निजामति कर्मचारी युनियन समेत रुष्ट छ। युनियनका एक पदाधिकारीले नाम नराख्न भन्दै गृहमन्त्री आफु राम्रो भएपनि तिवारीले बदनाम गराएको टिप्पणी गरे।

स्रोतका अनुसार तिवारीले अध्यागमनमा सरुवा भएका झण्डै एक सय अधिकृतहरुबाट पद अनुसार ५ लाखदेखि १० लाख रुपैयासम्म पैसा माग्दै आएका गृहमित्र चर्चा छ । तिवारीले गृह मन्त्री समानुपातीकबाट नभई चुनाव लडेर सांसद बनेको भन्दै विगतको चुनाव खर्च उठाउने र आगामी महाधिवेशनमा कांग्रेसको पदाधिकारी लड्नेगरी रकम उठाउने जिम्मा आफ्नो रहेको पनि बताउँदै आएका छन्।

तिवारीले कर्मचारीहरुलाई ‘चुनाव लड्दा कति खर्च हुन्छ थाहा छ नी’ भन्दै पैसाको मार्सिक टार्गेट दिने गरेका छन् । बद्रीका विषयमा गृहमन्त्री लेखकसँग कुरा गर्दा कुनै प्रतिक्रिया नदिने गरेको ति युनियनका पदाधिकारीले बताए।

नारायणकाजी र रविका मान्छेलाई आकर्षक पोष्टिङ

तिवारी गृह मन्त्रीको निजि सचिव भएर आउने वित्तिकै यसअघिका गृह मन्त्री र अहिले सहकारी ठगीमा हिरासतमा रहेको रवि लामिछाने र माओवादी नेता नारायणकाजी श्रेष्ठका खास खास कर्मचारीहरुलाई पैसाको मोलमोलाई गरेर राम्रो ठाउँमा सरुवा गरेका छन्।

रवि गृहमन्त्री हुदा गृह मन्त्रालयको महत्वपूर्ण महाशाखाको रुपमा रहेको शान्ति सुरक्षा महाशाखाको प्रमुख रहेका नारायण भट्टराईलाई कारागार व्यवस्थापन विभागको महाप्रवन्धक बनाइएको छ।

त्यस्तै नारायणकाजी श्रेष्ठकी स्वकिय सचिव सुसन बैद्यसँग राम्रो सम्वन्ध भएकै काण रुपन्देहीका सिडियो बनेका गणेश अर्यालले पनि अहिले बद्रीकै मोलमोलाई स्विकार गर्दा पुन पर्सा सरुवा हुन पाएका छन् । रविले आफ्नो सहकारी ठगीको मुद्दा मिलाउन तयार भएपछि रुपन्देहीको सिडियो अर्याललाई त्यही राख्न तयार भएका थिए।

गृहका सहसचिव छवि रिजाल पर्सा सिडियोमा जाने पक्कापक्की भएपनि तिवारीलेनै मोटो रकम लिएर अर्याललाई रुपन्देहीबाट पर्सा सरुवा गराएका हुन्। गृहको कर्मचारी सरुवा मापदण्ड अनुसार तराईको ‘क’ बर्गका जिल्लाबाट ‘क’ बर्गकै जिल्लामा साधारणतय सरुवा हुदैन । तर रुपन्देही र पर्सा दुवै ‘क’ बर्गका जिल्ला हुन भने दुवै गृहका आकर्षक पोष्टिङ हुन्। यो निर्णयले गृहका कांग्रेस निकट कर्मचारीहरुनै रुष्ट भएको देखिन्छ।

स्रोतका अनुसार अर्यालले सुरुमा निश्चित रकम र प्रत्येक महिना १० लाख रुपैया तिवारीलाई बुझाउन मन्जुर भएका पर्सा सिडियोमा गएका हुन् । उनी पर्सा सिडियो भएर गएदेखिनै जिल्ला प्रशासन कार्यालय पर्सामा विचौलीयाहरु हावी हुन थालेका छन्।

नारायणकाजी श्रेष्ठले पठाएका पर्साका एसपी कुमुद ढुंगेल र सिडियो अर्यालको मिलेमतोमा अहिले नाकाहरु तस्करको लागि खुला जस्तै भएको स्थानीयहरुको भनाई छ ।

‘सिडियोले माथि पठाउनु पर्छ भन्दै खुलेआम घुस मागेका छन्’, विरगंजका एक व्यापारीले नाम नबताउने सर्तमा भने, ‘जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिन पनि घुस दिनुपर्ने अवस्था आएको छ, यस्तो सिडियोलाई राखेर प्रधानमन्त्रीले सुशासनको कुरा गर्नु निकै हास्यास्पद छ।’

सिडियो अर्यालले माथि पठाउने टार्गेट पुरा गर्नुपर्ने भएको भन्दै नासु र खरदार तहका कर्मचारीहरुलाई सिधै विचौलीयसँग सम्वन्ध बढाउन भनेका छन्। उसोत सिडियो सरकारी निवासमा अहिले विहान विहान विरगंजमा विचौलिया भनेर कहलियकाहरुको भिड लाग्ने गर्छ।

सिडियोले ‘माथि बुझाउनु पर्छ भन्दै खुलमखुला पैसा उठाईरहेका छन्। भन्सार विभागको तथ्यांक अनुसार पनि अर्याल सिडियो भएर गएदेखि जिरगंज भन्सारबाट उठ्ने राजश्व नै घटेको छ। ‘नाका तस्करको कब्जामा सिडियोले दिएपछि राजश्व हत्तै घटेको छ’, अर्थमन्त्रालयका एक कर्मचारीले भने।

यता अर्यालले विरगंजमा अस्पतालहरु आगो लगाउनु पर्छ भनेर सार्वजनिक कार्यक्रममा बोलेपछि नेपाल चिकित्सक संघले तत्काल कारबाही गर्न गृहमन्त्रीलाई भेटेर माग गरेका छन्।

उता विरगंजका व्यापारीहरुले पनि गृहमन्त्रीलाई तत्काल सिडियो हटाउन माग गरेका छन् । तर सेटिङमा आएकाले गृह मन्त्री हटाउने मनस्थितिमा पुगेका छैनन् । अर्याल रुपन्देहीको सिडियो हुदा भैरहवा र बुटवलका क्यासिनोहरुसँग ठूलो रकम हप्ता उठाउन थालेपछि विवादमा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय