बिनोद बटाला रुकुम पश्चिमको आठबिसकोटबासी स्थानीय सरकारकै रबैयाका कारण दुखमा परेका छन्।
स्थानीय जनता दुख र बाढी पहिरोजस्ता विपत्तिबाट पीडित रहँदा जनप्रतिनिधिहरु भने जनताको आँखामा छारो हाल्दै कर्मचारी नियुक्तिमा रमाउन थालेका छन्।
जनताको सेवामा लाग्नु पर्ने जनप्रतिनिधिको यस्तो रवैयाका कारण जनतालाई पीडामाथि पीडा थपेको छ।
‘नेता बनाएको केका लागि जनताको दुःखसुखको सारथी भनेर होइन्, झन दुःखमाथि दुःख दिन त पक्कै होइन होला?,’ स्थानीयको प्रश्न गर्न थालेका छन्, ‘जनताको मर्म बुझ्ने कि कर्मचारी नियुक्ति गराउन मात्र ठिक्क हो अब के हुन्छ नगर सरकार?’
नगरपालिकाले कर्मचारी ४ महिनादेखि तलब नदिँदा चाडवाडको मुखमा कर्मचारीहरु पनि समस्यामा परेका छन्। उनीहरु कसरी घर परिवार चलाउने भन्ने समस्यामा परेका छन्।
यता, जनप्रतिनिधि भने कहिले सिङ्गापुर त कहिले भारत, कहिले पोखरा, काठमाडौं भ्रमणमै रमाउने गरेका छन्।







