पर्यटन मन्त्रालयले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक परिषदले गरेका निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको छ।
पशुपति
विकास कोष र सञ्चालक परिषदले असोज २० गते निर्णय गरेर धर्मशाला महानगरलाई सञ्चालन गर्न दिने निर्णय गरेको छ। यो निर्णयसँगै विवाद चरमोत्कर्षमा पुगेपछि बिहीबार सूचना निकालेर मन्त्रालयले निर्णय स्थगन गर्न भनेको हो।
महानगर र मारवाडी सेवा समितिबीच विवाद भएर प्रहरी परिचालन गर्नुपर्ने अवस्था आएपछि मन्त्रालयले निर्णय तत्काल स्थगन गर्न निर्देशन दिएको हो ।







