नेपाली कांग्रेस लुम्बिनी प्रदेश सांसद धनबहादुर केसी जेल चलान भएका छन्।

रुकुम पश्चिम क्षेत्र नं. १ (१)बाट निर्वाचिन केसीले आइतबार दिउँसो रुकुम जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका हुन्।

२३ वर्ष पुरानो श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा साविक रूकुम जिल्ला अदालतबाट उनी दोषी ठहर भएका थिए। सो उनलाई एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

आत्मसमर्पण गरेसँगै उनलाई तोकिएको सजाय भुक्तानका लािग कारागार चलाउन भएको प्रहरीले जनाएको छ।

२०४८ सालमा रुकुम जिल्ला अदालतमा चलेको सरकारी कागजात किर्तेको मुद्दामा केसीलाई दोषी ठहर गरिएको थियो । सुरुमा १९ दिन थुनामा बसे पनि पछि केसी अदालतको आदेश बमोजिम धरौटी बुझाएर रिहा भएका थिए। पछि अदालतले दोषी ठहर गरेपछि जरिवानाको रकम धरौटीबाट लिइएको भए पनि उनले कैद सजाय भुक्तान गर्न बाँकी नै थियो।

केसीकी जेठी श्रीमती राधा केसीविरुद्ध साविकको रुकुम जिल्ला अदालतमा अंशसहितको सम्बन्धविच्छेद मुद्दा चलेको थियो । उक्त मुद्दाका क्रममा केसीले सरकारी कागजात किर्ते गरी पेस गरेको पाइएपछि जेठी श्रीमती राधाकै जाहेरीका आधारमा प्रहरीले पक्राउ गरी केसीविरुद्ध किर्ते गरेको कसुरमा मुद्दा चलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय