नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयनका लागि आज निर्वाचन गर्ने भएको छ।

आइतबार र सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा सहमति जुट्न नसकेपछि निर्वाचन गर्न लागिएको हो।

आज बिहान ७ बजे मनोनयनपत्र वितरण, ७ः३० देखि ८ः३० बजेसम्म मनोनयन दर्ता गर्ने तालिका थियो।

यस्तै अन्य बाँकी प्रक्रिया पूरा गरेपछि गरेपछि मध्याह्न १२ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, दिउँसो २ देखि ५ बजेसम्म मतदान तथा बेलुका ६ बजेबाट मतगणना सुरु गरिने कार्यतालिका छ।

गत असारमा सम्पन्न एकीकृत समाजवादीको १०औँ महाधिवेशनले २१ पदाधिकारीमध्ये पार्टी अध्यक्षमा माधव कुमार नेपाल, महासचिवमा घनश्याम भुसाल र सम्मानित नेतामा झलनाथ खनाललाई सर्वसम्मत चयन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय