सर्वोच्च अदालतले वाणिज्य बैंकहरूबाट आयात गरेर बिक्री गर्ने सुन व्यवसायी संघ र महासंघकोे सिन्डिकेट तोड्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.नहकुल सुवेदी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्डिकेट रोक्न अन्तरिम आदेश दिएको हो।

सर्वोच्चले व्यवसायीले संघ÷महासंघमा आवद्ध नभए पनि वाणिज्य बैंकमार्फत सुन खरिद गर्न सक्नेगरी अन्तरिम आदेशमार्फत बाटो खुलाईदिएको छ।

सुनचाँदी व्यवसायीसँग सम्बद्ध संघ तथा महासंघले सुन वितरणका नाममा सिन्डिकेट चलेको प्रश्न उठाउँदै ऋद्धिशिद्धि ज्वेलर्सका तर्फबाट रिट निवेदन दायर भएको थियो।

‘यसमा, व्यवसायीहरूको संघ÷संगठनमा आवद्ध सुनको कारोबार गर्ने अनुमति प्राप्त व्यवसायीहरूले मात्र सुन खरिद गर्न पाउने व्यवस्था गर्दा त्यस्तो संघ संगठनमा आवद्ध नभएका व्यवसायीले सुन खरिद गर्न नपाई पेसा व्यवसाय सञ्चालन गर्न पाउने संविधानप्रदत्त मौलिक हकमा आघात पुग्न जाने अवस्था देखिएको छ,’ अन्तरिम आदेशमा उल्लेख छ।

यो आदेशपछि नेपाल राष्ट्र बैंकद्वारा जारी सुन आयात तथा बिक्री÷वितरण सम्बन्धी कार्यविधि, २०६८ ले तोकेको अन्य कार्यविधि पूरा गरेको अवस्थामा व्यवसायीहरूका संघ÷ संगठनमा आवद्ध नभएकै कारण सुन खरिद गर्न रोक्न नपाइने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय