गोपाल बटाला सम्मासम्सम्पादकीय — नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४७औं स्मृति दिवसको अवसरमा एक विशेष अन्तरक्रिया कार्यक्रम आयोजना हुँदैछ। ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक यो कार्यक्रम २०८१ साल श्रावण ६ गते, दिउँसो १:३० बजे राष्ट्रिय सभा गृहमा सञ्चालन हुने भएको हो।
स्कुल अफ माक्र्सिज्मको आयोजनामा हुन लागेको यस कार्यक्रममा नेपाली राजनीतिमा महत्वपूर्ण योगदान दिएका चर्चित नेताहरूले सम्बोधन गर्नेछन्।
कार्यक्रमका प्रमुख वक्ताहरूमा नेकपा (माओवादी केन्द्र) का नेता विप्लव सि (नेत्र विक्रम चन्द), पूर्व मन्त्री तथा विचारक घनश्याम भुसाल, र माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मा रहने छन्।
आयोजक संस्थाका अनुसार, यो अन्तरक्रिया कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, कम्युनिस्ट आन्दोलनको दिशा, चुनौतिहरू र सम्भावनाहरूका विषयमा खुला छलफल गरिनेछ। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, विद्यार्थी, शोधकर्ता तथा कम्युनिस्ट विचारप्रति रुचि राख्ने आम नागरिकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।
पुष्पलाल श्रेष्ठलाई नेपालको कम्युनिस्ट आन्दोलनका प्रणेता मानिन्छ। उनले २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। उहाँको योगदानलाई सम्झँदै हरेक वर्ष स्मृति दिवस मनाइँदै आएको छ।
कार्यक्रममा सहभागिताका लागि कुनै प्रवेश शुल्क नलाग्ने र सबैलाई उपस्थित भइ आफ्नो विचार राख्न सकिने व्यवस्था गरिएको आयोजक पक्षले जनाएको छ।







