रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–४ मा प्रगतिशील लोकतान्त्रिक पार्टीको पहिलो वडा भेला भव्य रूपमा सम्पन्न भएको छ। भेलाले भिम बहादुर बिस्टको संयोजकत्वमा २५ सदस्यीय वडा समिति गठन गरेको छ।

उक्त भेलामा पार्टीको नीति, कार्यक्रम र भावी कार्यदिशाबारे व्यापक छलफल गरिएको थियो। स्थानीय तहमा उन्नत विचारसहितको वैकल्पिक राजनीतिक धार निर्माण गर्ने उद्देश्यसहित आयोजना गरिएको भेलामा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नवगठित संयोजक भिम बहादुर बिस्टसहित सम्पूर्ण वडा समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। पार्टीले वडा तहबाटै संगठन सुदृढ गर्दै जनमुखी र लोकतान्त्रिक अभ्यासलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय