आठबिसकोट नगरपालिका–१० अन्तर्गतका खापे र भयाउने बस्तीहरूमा अहिले केन्द्रिय विद्युत लाइन जडानको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ।
स्थानीय युवाहरूको सघन श्रमदान र मिडियाको आवाजपछि बल्ल सरकारले चासो देखाएको हो। विशेषगरी news nepal network ले पटक–पटक समाचार प्रकाशित गरेपछि मात्र यो क्षेत्रले बत्तीको उज्यालो देख्ने आशा गर्न थालेको हो।
फोटोमा, स्थानीय युवा पोलमा चढेर तार जडान गरिरहेका देखिन्छन्। गाउँमा झन्डै एक दशकदेखि प्रतिक्षामा रहेको बत्ती अहिले बल्ल प्रवेशको चरणमा पुगेको छ।
यता, झाकृसल्ला, खलिगौरा, जस्ता बस्तीहरूमा भने अहिले पनि तार जडान सुरु भएको छैन। ती क्षेत्रमा काम पुग्न अझै केही समय लाग्ने देखिएको छ।
ओडा अध्यक्ष खड्कजंग शाहका अनुसार, बाँकी बस्तीहरूमा समेत चाँडै काम थालनी गर्नका लागि पहल भइरहेको छ।







