काठमाडौं,नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा
‘प्रभाकर’ ले पार्टीभित्रको गम्भीर सुधार र नयाँ पुस्तालाई नेतृत्व दिने खाका प्रस्तुत गरेका छन्। पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनलाई पुनः जनतामुखी बनाउने स्पष्ट सङ्केत दिए।

“अब पुरानो पुस्ताले अभिभावकीय भूमिका खेल्छ, नेतृत्व अब नयाँ पुस्ताको हो,” उनले भावनात्मक ढङ्गमा भने, “म पार्टी पुनर्गठनको नेतृत्व लिन तयार छु, यो विकल्प होइन– आवश्यकता हो।”

शर्माले मार्क्सवादी अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा स्पष्ट पारे कि पार्टीले विचारविहीनता र दिशाहीनताबाट उम्किएर संस्थागत र विधिसम्मत प्रणालीमा रुपान्तरण हुनुपर्ने बेला आएको छ।उनले भने, “व्यक्तिगत होइन, संस्थागत सोच र संरचना निर्माण नगरेसम्म पार्टी सुदृढ हुँदैन। अहिलेको सङ्गठनात्मक अराजकताले आन्दोलन नै संकटमा छ।”

शर्माले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने र विचार र मूल्यको स्पष्ट दिशासहित नयाँ पुस्तालाई अघि ल्याउनु अबको अनिवार्य कार्यसूची भएको बताए।उनको भनाइमा पार्टीभित्र बहस चलिरहेको छ, र त्यो बहस जनताको पक्षमा परिणाम दिने गरी अघि बढ्नुपर्छ।

इतिहासको शक्तिलाई भविष्यको प्रेरणामा बदल्ने अभियान“माओवादीले ठूलो बलिदानी र इतिहास बोकेको पार्टी हो,” शर्माले भने, “अब त्यो इतिहासलाई भावी लक्ष्यसँग जोडेर श्रमजीवी जनताको पार्टीको रूपमा पुनः उभ्याउन पुनर्संरचना अपरिहार्य छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय