जङ्गली विषालु च्याउ खाँदा धनकुटाको सहिदभूमि गाउँपालिका ७ गैरीटोलमा एकै परिवारका सात जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा ३६ वर्षीया टेकमाया राई ३९ की मदनकुमारी राई, ४१ का थमनसिं राई, १८ का हेमन राई ६३ वर्षीया इन्द्रकमला राई, ५५ की दिलमाया राई, र १९ वर्षीया यमुना राई रहेको जनाइएको छ ।बुधबार राति उनीहरुले जंगलबाट च्याउ ल्याएर पकाएर खाएपछि बिरामी भएका हुन् । बिरामी सबैलाई बिहीबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी प्रवक्ता डीएसपी राजबाबु महर्जनले जानकारी दिए । अस्पताल स्रोतका अनुसार बिरामी सबैलाई वान्ता हुने लक्षण रहेको र उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । अघिल्लो साता पनि जंगली च्याउ खाएर धनकुटामा तीन जना बिरामी परेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय