गंगाराम चनाराको राजनीतिक जीवन केवल दल परिवर्तनको कथा होइन, यो ३० वर्षभन्दा बढी समयको संघर्ष, दुःख–कष्ट र विचारप्रतिको निष्ठाको इतिहास हो।उहाँको सक्रिय राजनीति वि.सं. २०४७ सालदेखि सुरु भएको थियो।
२०४७–२०५० मसाल पार्टीबाट सुरुवात
राजनीतिक यात्राको प्रारम्भमा उहाँ मसाल पार्टीमा आबद्ध रहँदै वामपन्थी विचार र जनआधारित राजनीति बुझ्ने अवसर पाउनुभयो।
२०५०–२०५३ : एमालेमा सक्रिय (गाविस काल)
त्यो समयमा नगरपालिका होइन, गाविस व्यवस्था थियो।
स्वर्गीय दाधिराम बटाला एमाले गाउँ कमिटीका सचिव रहनुभएको थियो भने गंगाराम चनारा गाउँ कमिटीका सदस्यका रूपमा सक्रिय हुनुहुन्थ्यो।साथै उहाँ एमाले दलित संघको अध्यक्ष समेत रहनुभयो।दाधिराम बटालाको नेतृत्वमा संगठन विस्तार गर्दै जिल्लास्तरीय नेता तीर्था गौतमको पक्षमा जनसमर्थन निर्माण गर्न उहाँले भूमिका खेल्नुभयो।
२०५३ पछि : माओवादी आन्दोलन र कठोर संघर्ष
२०५३ सालपछि गंगाराम चनारा नेकपा (माओवादी) मा प्रवेश गर्नुभयो।यही समय उहाँको जीवनको सबैभन्दा कठिन र जोखिमपूर्ण चरण बन्यो।गाउँ–गाउँ हिँड्दै संगठन निर्माण ,घर परिवार छोडेर जंगल र गोप्य जीवनराज्य पक्षको निगरानी, डर र धरपकड भोक, अभाव र अनिश्चित भविष्य। आन्दोलनका लागि समय, श्रम र जवानी समर्पण
यी सबै दुःख कष्ट माओवादी आन्दोलनमै हुँदा भोगिएका हुन्।तर ती कठिन घडीमा पनि उहाँ कम्युनिस्ट विचारबाट विचलित हुनुभएन।स्वर्गीय नेता दाधिराम बटालाको विचार र मार्गदर्शनलाई सम्मान गर्दै उहाँ अघि बढिरहनुभयो।
एमाले प्रवेश र फेरि माओवादी फर्किनु
एक चरणमा माओवादीभन्दा ठूलो र पुरानो कम्युनिस्ट पार्टी भन्दै उहाँ एमालेमा प्रवेश गर्नुभयो।तर केही महिनामै पुनः माओवादी फर्किनुको कारण उहाँ यसरी बताउनुहुन्छ माओवादीमा रहँदा मैले भोगेको दुःख, संघर्ष र त्याग सम्झँदा त्यो आन्दोलन मेरो आफ्नै घरजस्तो लाग्यो। त्यसैले म आफ्नै घर फर्किएँ।”
मेरो सिद्धान्त कम्युनिस्ट हो। प्रगतिशील पार्टीभित्र त्यो सिद्धान्त देखिनँ, त्यसैले मैले नेपाली कम्युनिस्ट पार्टी रोजेँ।”अहिले आठबिसकोट क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी र प्रगतिशील पार्टीबीच कडा प्रतिस्पर्धा देखिएको छ।चनाराको भनाइ छ अहिले म पार्टीको संगठन निर्माणमा लागिरहेको छु। आगामी चुनावमा पार्टीलाई जिताउनु मेरो लक्ष्य हो।”
तर अन्त्यमा उहाँको चेतावनी पनि स्पष्ट छ ।“यदि पार्टीभित्र चित्त बुझ्दो वातावरण र नेतृत्व नपाइएमा, भविष्यमा फेरि सोच्नुपर्ने अवस्था आउन सक्छ।”







