रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले कार्यपालिकाको निर्णयहरु लुकाएको खुलासा भएको छ।
नगरपालिकाले सार्वजनिक गर्ने आफ्नो आधिकारिक वेभसाइटमा हाल सम्मका निर्णयहरु सार्वजनिक गरेपनी कार्यपालिकाको बैठक सकिएको दिन हस्ताक्षर मात्रै गराएर निर्णयहरु ढिला सार्वजनिक गर्ने गरेको एक कार्यपालिकाका सदस्यले जानकारी दिए।
कार्यपालिकाको दिनमै निर्णयहरु सार्वजनिक नगरेर ढिला गरी निर्णय सार्वजनिक हुँदा अधिकाशमा शंका पैदा भएको छ। नगरपालिकाको ११० औँ सम्मको निर्णय सार्वजनिक गरिएको छ। तर कार्यपालिकाको बैठक भने ११२ औँ पुगिसकेको छ।
गत मङ्सिर १३ गते १११ औं र पुस ६ गते कार्यपालिकाको ११२ औं बैठक बस्यो तर दुवै बैठकका निर्णयहरु हाल सम्म सार्वजनिक गरिएको छैन। अन्य स्थानीय तहमा कार्यपालिकाको बैठक संचार माध्यम मार्फत लाईभ दिदै आइरहेको बेला आठबिसकोटले भने महिना दिन सम्म लुकाएर राखेको गुनासो बढेको छ।







