काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखमा नियुक्त भएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानलाई सक्रिय रुपमा अघि बढाइरहेका बेला तालिम केन्द्रमा सरुवा गरिएका केसीलाई फेरि सीआईबी प्रमुखको जिम्मेवारी दिइएको हो ।

उनको पुनः नियुक्तिलाई ‘सही व्यक्ति, सही स्थान र सही समयमा’ भएको निर्णयका रूपमा लिइएको छ । केसी सीआईबीमा फर्किएसँगै यसअघिको चर्चित प्रकरणसहित संवेदनशील मुद्दामा अनुसन्धान थप तिव्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय