काठमाडौं । वर्तमान राजनीतिक परिस्थितिमा आलोचना गर्नु सजिलो छ।
तर आलोचनाको बीचमा पनि सतिसालझैँ अडिग भएर उभिन सक्ने नेताको खाँचो अझै देशमा छ।त्यही आत्मबल, राजनीतिक स्पष्टता र नीतिगत प्रतिबद्धताको प्रतीक हुन् — कम्युनिस्ट नेता ‘कम्रेड प्रभाकर’।
तीन महिनाको विशेष प्रशिक्षण कार्यक्रममार्फत युवाहरूलाई राजनीतिक रूपमा सशक्त बनाउने उद्देश्यसहित आयोजित कार्यक्रममा उनले दिएको मन्तव्य अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।उनले भने, “आलोचना स्वाभाविक हो, तर जनताको पक्षमा उभिनु र काम गरेर देखाउनु नै असली प्रतिवाद हो।”यही भनाइले आम जनताको ध्यान खिचेको छ।
तस्बिरमा देखिएजस्तै सादा पहिरन, ओठमा स्पष्ट विचार, हातमा माइक समाएर जनतालाई सुनाउने यो नेता आजको भ्रम, भय र आलोचनाको घेरामा पनि जनताको पक्षमा बोल्ने र बस्ने प्रयास गरिरहेका छन्।
“आलोचनात्मक चेत राखेर सतिसालझैँ उभिएका नेता कम्रेड प्रभाकरको आलोचना गर्नु तिमीहरूको लागि सुवर्ण अवसर हो — नभुल्नु!”
यो वाक्य केवल एउटा भनाइ होइन, यो समयको चुनौती हो।
राजनीतिमा आलोचना हुनु स्वाभाविक हो ,तर आलोचनाको घेराबीच पनि सिद्धान्त र विचारमा स्पष्ट भएर जनताको पक्षमा अडिग रहन सक्नु,
यही हो नेताको परिभाषा जुन कम्रेड प्रभाकरमा देखिन्छ।







