रुकुम पश्चिम ।विजया दशमी तथा दीपावलिको शुभ अवसरमा परम्परागत रूपमा लाग्दै आएको कोटगाउँ कोटमेला तथा पुरुष भलिबल प्रतियोगिता यस वर्ष पनि भव्य रूपमा हुने भएको छ ।

आयोजक समितिका अनुसार २८ औं कोटमेला आयोजना–२०८२ अन्तर्गत हुने भलिबल प्रतियोगिताको लागि टिम दर्ता मिति असोज २१ गतेसम्म कायम गरिएको छ । दर्ता शुल्क प्रतिटिम ५,००० रूपैयाँ तोकिएको छ ।

प्रतियोगिताको औपचारिक उद्घाटन भने २०८२ असोज २२ गते हुने बताइएको छ ।यस प्रतियोगितामा विजेताले ५०,५०० रुपैयाँ, उपविजेताले ३०,००० रुपैयाँ, र सान्त्वना पुरस्कारतर्फ १५,०००–१५,००० रुपैयाँ प्राप्त गर्नेछन् ।

आयोजकले खेलकुद राष्ट्रको लागि र स्वास्थ्यका लागि महत्त्वपूर्ण हुने भन्दै सबैलाई उपस्थित रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय