काठमाडौं । नेपालको इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री बन्ने अवसर सुशिला कार्कीले पाउन लागेकी छिन् । पूर्वमुख्य न्यायाधीश समेत रहेकी कार्की आज बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारीमा छिन् ।
यो पटकको नेतृत्व परिवर्तनमा राजनीतिक दलहरूको साझा सहमति मात्र नभई युवा पुस्ता विशेषगरी Gen Z पुस्ताको सक्रिय सहमति र समर्थन पनि महत्वपूर्ण भएको बताइएको छ । उनीहरूको दबाब र समर्थनकै कारण कार्की प्रधानमन्त्री बन्न सहज भएको विश्लेषण गरिएको छ ।







