प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीमाथि छानबिन गर्न समिति गठन भएको गरिएको छ।
प्रहरी प्रधान कार्यालयले पनि छानबिन गठन गरिएको पुष्टि गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको निर्देशनमा प्रशासन विभागमा कार्यरत एआईजी टेकप्रसाद राईको नेतृत्वमा छानबिन गर्न समिति गठन गरिएको हो।
एआईजी राईको नेतृत्वमा ५ जनाको छानबिन समिति बनाइएको प्रहरी प्रधान कार्यालय जनाएको छ। एआईजी ज्ञवालीमाथि प्रहरीको उजुरी छानबिन निर्देशनालयमा उजुरी परेकाले छानबिनका लागि समिति गठन गरिएको हो ।
उमेर विवाद, ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषयलगायतमा छानबिन गर्न समिति बनाइएको प्रहरी प्रधान कार्यालय स्रोतको दाबी छ।
संगठनमा चेन अफ कमाण्डलाई बाइपास गरेर काम गरेको आरोप पनि ज्ञवालीमाथि लगाइएको छ। पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको समितिले १ चैतमा गृहमा बुझाएको प्रतिवेदनमा सीआईबीको टोलीले ६० किलोको अनुसन्धान गर्दा गम्भीर लापरबाही गरेको उल्लेख गरेको थियो।
त्यसपछि सीआईबीका प्रमुख किरण बज्राचार्यलाई सीआईबीबाट हटाएर कार्य विभागमा कार्यरत रहेका एआईजी ज्ञवालीलाई सीआईबीको जिम्मा दिइएको थियो ।
त्यसयता उनी सीआईबीमै कार्यरत छन्। उमेर हदका कारण आगामी २६ भदौमा उनी अनिवार्य अवकाशमा जाँदैछन् ।







