समाजवादी ट्रेड युनियन महासंघ जनता समाजवादी पार्टीमा आवद्धता जनाएको छ । महासंघले काठमाडौंमा एक कार्यक्रम गरी केन्द्रीय समिति रुपान्तरण गरेको हो ।
कार्यक्रमका प्रमुख अथिति समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले भने–‘श्रमिकहरुको हक अधिकार रक्षा लागि पार्टीले सधै पक्ष पोषण गर्ने बताए ’ उनीले भने –पार्टी निर्माणको यो अभिन्न अंग हो ।
विशिष्ठ अथिति पार्टीका केन्द्रीय अध्यक्ष मा. अशोककुमार राईले भने – उपेन्द्रजी को एकाकी व्यवहारले वृहत पार्टी निर्माण गर्न र पहिचान स्थापित गर्न नसक्ने बताए । पार्टीको महाधिवेशनमा आफू निकट केही सख्याका मानिसलाई रातारात प्रतिनिधि बनाएर कब्जा गर्न खोजेको अहिलेको व्यवहारले प्रष्ट भएको बताए ।
पार्टीका महासचिव मो. ईश्तिहाक राईले भने – उपेन्द्रसँग भएको म एक्लो यस्तो व्यक्ति थिए । जो १८ बर्ष देखि काम गर्दै आएको थिए । पार्टी निर्माण क्रममा म माथि ६ वटा मुद्दा लगाए , विभिन्न आन्दोलनमा पटक-पटक जेल भयो ।
श्रमिकहरुको एकताले देशको शासन व्यवस्था बदलेको इतिहास रहेको अव श्रमिकहरुले आफनो हक अधिकारको लागि एक जुट भएर जानुको विकल्प नभएको बताए । उनले भने- ‘उहाँ चै आफू भन्दा सिनियर नेताहरुलाई पार्टीमा मिलाएर राख्न नसक्ने । उहाँले बाबुराम जीलाई भगाउनु भयो । महन्थ ठाकुर छोड्न बाध्य तुल्याउनु भयो । लामो काम गर्नु भएको अशोक जी, राजेन्द्रजीहरुलाई पनि छोड्न बाध्य पार्नु भयो ।’
समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको उत्त कार्यक्रममा पार्टी केन्द्रीय नेताहरुको पनि उपस्थिति थियो ।