रुकुम पश्चिम, आठबिसकोट नगरपालिका ४ स्थित श्री ज्ञानोदय माध्यमिक विद्यालय चौतारामा विगत दशकयता देखिएको भनिएको आर्थिक अनियमितता सम्बन्धी मुद्दा अब औपचारिक रूपमा छानबिन प्रक्रियातर्फ अघि बढेको छ।

भ्रष्टाचार गरेको मुख्य आरोपित व्यक्ति पूर्व बि.ब्य.स. अध्यक्ष, नेकपा माओवादीका पराजित वडा अध्यक्षका उम्मेदवार तथा हाल आठबिसकोट नगरपालिकाका कार्यपालिका सदस्य यज्ञ बहादुर बि.क. लाई विद्यालयको रकम अनियमित रूपमा हिनामिना गरेको गम्भीर आरोप लगाइएको छ।

स्थानीय स्रोतका अनुसार, १० वर्षअघिको पाठ्यपुस्तक खरीदका लागि साउले नपाएको भुक्तानी विद्यालयले तिरीसकेको देखिएको अनियमितता उजागर भएपछि घटनाले थप ध्यान खिचेको हो।

घटना सार्वजनिक भएपछि युवा सामाजिक अभियन्ता अभिषेक केसीको टोली विद्यालय पुगेर स्पष्टता खोज्ने उद्देश्यले सम्बद्ध पक्षहरूसँग छलफल गरेको थियो। छलफलमा हालका बि.ब्य.स. अध्यक्ष धर्म परियार, वडा अध्यक्ष नरसिंह बिस्ट, प्रधानाध्यापक ललित बिस्ट, बि.ब्य.स. सदस्य भावना के.सी., साथै आरोपित पूर्व अध्यक्ष यज्ञ बहादुर बि.क. पनि सहभागी थिए।

मंसिर २३ गते सम्पन्न छलफलमा एक महिनाभित्र छानबिन समिति गठन गरी दोषी प्रमाणित हुने कसैलाई पनि कानुनी कारबाही गर्ने प्रतिवद्धता विद्यालय प्रशासन प्र.अ., बि.ब्य.स. अध्यक्ष र वडा अध्यक्षले सार्वजनिक रूपमा व्यक्त गरेका छन्।

अभिषेक केसीको टोलीले निष्पक्ष छानबिन प्रक्रियालाई निरन्तर निगरानी गर्ने र सत्य बाहिर ल्याउन स्थानीय समुदायसँग संयोजनमा अगाडि बढ्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय