आठबिसकोट नगरपालिका वडा नं ५ मा सञ्चालित राष्ट्रिय परिचयपत्र सेवा शिविरबाट हालसम्म ९९८ जनाले सेवा लिएका छन्। आज छैटौं दिनको सेवा वितरणमा ५५ जनाको नम्बर लेखन बाँकी, २८ जनाले नयाँ परिचयपत्र बनाएका र ३ जनाले कार्ड लिएका छन्। आज मात्रै १८६ जनाले सेवा लिएका छन्।
अहिलेसम्म परिचयपत्र बनेका तर नम्बर लेखन बाँकी ८०५ जना छन्। नयाँ बनाउनेमा १६८ जना र वितरण लिनेमा २५ जना रहेका छन्।
प्राविधिक कारणले रोकीएको सेवा आज पुनः सुरु गरिएको हो। राष्ट्रिय परिचयपत्र बनाउन छुट हुनुभएका जनतालाई वडा नं ४ मा जान अनुरोध गरिएको छ।
कार्य सहज बनाउन सहयोग गर्नुहुने कर्मचारी, जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी र सम्पूर्ण सेवाग्राहीलाई वडा कार्यालयले धन्यवाद व्यक्त गरेको छ।







