राष्ट्रिय स्वतन्त्र पार्टीले आफूमाथि गरेको कारबाही अवैधानिक रहेको भन्दै मुकुल ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

ढकाललाई पार्टी केन्द्रीय समितिको बैठकले २५ असारमा महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो। रास्वपाको उक्त निर्णय अवैधानिक भन्दै उनले आइतबार आयोगमा निवेदन दिएका हुन्।

मुकुलले आफूमाथिको कारबाही राजनीतिक दल सम्बन्धीको ऐनको दफा १८ ९२०, रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ ९४०, राजनीतिक दलसम्बन्धी ऐन अनुसार अवैधानिक दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय