रुकुम पश्चिम — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले साधेको भनिएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आठबिसकोट नगरपालिकाका विभिन्न कर्मचारीहरूले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।

उनीहरूले राजनीतिक दबाब र अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति असहमति जनाउँदै रवि लामिछानेको समर्थनमा हस्ताक्षरद्वारा ऐक्यबद्धता प्रकट गरेका हुन्।

यस कार्यमा सहभागिता जनाउने सम्पूर्ण कर्मचारी टिमलाई धन्यवाद ज्ञापन गरिएको छ।अझै हस्ताक्षर गर्न बाँकी रहेका कर्मचारीहरूले सरोज के.सी. सरसँग सम्पर्क गरी आफ्नो समर्थन जनाउन सक्ने व्यवस्था गरिएको छ।

यो क्रियाकलाप कर्मचारीहरूको स्वतन्त्र अभिव्यक्ति र नागरिक अधिकारप्रति गरिएको सचेत प्रतिक्रिया भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय