रुकुम पश्चिम—आठबीसकोट नगरपालिका अन्तर्गत घट्टा खेतदेखि गिजा जाने बाटोमा ठेकेदारले खोलाबाट अवैध रूपमा बालुवा र गिट्टी निकालेर सडक निर्माणमा प्रयोग गरेको पाइएको छ। सार्वजनिक स्रोतको दुरुपयोग र वातावरणीय नियमको उल्लङ्घन गर्दै खोलासहितको माटो नै निकालेर सडकमा हालिएको जनगुनासो छ।

स्थानीयवासीका अनुसार, “सडक बनाउन पठाइएको ठेकेदारलाई खोलाको बालुवा–गिट्टी उत्खननको अधिकार दिइएको थिएन। खोलाबाट मोटोजस्तो माटो निकालेर सिधै सडकमा हालिएको छ।”

यसरी मनपरी ढंगले काम हुँदा न त गुणस्तरीय सडक बनेको छ, न त खोलाको पारिस्थितिक सन्तुलन कायम रहन सकेको छ। जिल्लास्तरीय निकाय — जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम, निर्माण अनुगमन समिति तथा अन्य सरोकारवाला निकायहरू भने मौन बसेका छन्।

“सरकारका निकायहरू किन चुपचाप छन् ? कतै रक्सी, मासु र भातमै सबै कुरा नमिलेको त हैन ?” भन्दै स्थानीयहरू आक्रोशित छन्।

यस प्रकरणमा छानबिनको माग गर्दै स्थानीयले जिम्मेवार निकायलाई खबरदारी दिएका छन्। अब प्रशासनले चाँडै प्रतिक्रिया नदिए थप आन्दोलन र विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय