नेपाली कांग्रेसका सचेतक तथा सांसद सुशिला थिङले क्याबिनेटमा ३३ प्रतिशत महिला कहिल्यै देख्न नपाएको गुनासो गरेकी छिन्।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जुनसुकै ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाएको भन्दै मन्त्रिमण्डल निमार्णको क्रममा संविधानको पालना नभएको बताइन्।
‘जुनसुकै मन्त्रिमण्डलमा पनि संविधानलाई कुल्चिएर ३३ प्रतिशत महिला क्याबिनेटमा कहिल्यै देख्न नपाउने भो। सायद पुरुषहरू नै प्रमुखमा भएर होला महिलाहरु मन्त्रीमा सिफारिस भएन । म कानूनमा स्नातक गरेको छु, मैले सोसियोलोजीमा स्नातकोत्तर गरेको छु, तर म कहिल्यै योग्य भइनँ,’ उने भनिन्, ‘तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन, त्यसैले हामी महिलाहरु कहिलेसम्म यो समानुपातिकको दर्जामा दर्ज हुने हो?’







