सुनिल महरा रुकुम जाजरकोट जिल्लाको जिल्ला प्रशासनिक भूकम्प प्रभावित नमुना भवन USAID को आर्थिक सहयोग र विल्डअप नेपाल द्वारा निर्माण गरिएको २ कोठे नमूना आवास प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती सहायक जिल्ला अधिकारी समीर गौतम लगाएतको उपस्थितीमा एक कार्यक्रम गरि जिल्ला प्रशासन लाई हस्तान्तरण गरिएको छ ।

बिहिवार जाजरकोट जिल्लाको प्रशासन भवन निर्माण स्थलमा प्रमुख जिल्ला अधिकारी मंग्राती द्वारा रिवन काटि बिल्डअप नेपाल परियोजना प्रबन्धक समीर भट्टराई मार्फत प्रमाणपत्र हस्तान्तरण गर्दै नमूना भवन हस्तान्तरण गरिएको हो । 

USAID को सहयोगमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा राष्ट्रसंघीय निकायहरुको साझेदारीमा सञ्चालित विल्डअप नेपाल अन्तर्गत यो भवन तयार भएको बताईएको छ ।

विल्डअप नेपालका प्रबन्धक समीर भट्टराईका अनुसार नमुना भवन हस्तान्तरण कार्यक्रममा भवन तथा परियोजनाको विस्तृत जानकारी परियोजना प्रबन्धकले व्यक्त गर्दै USAID को सहयोग र सहकार्यमा बिल्ड अप नेपाल द्वारा इन्टरलकिङ इट्टा (CSEB) (कम्प्रेस गरिएको स्थिर गरिएको माटोको इँटा) को प्रयोग गरेर निर्माण गरिएको कार्यालय क्षेत्रमा प्रशासनिक क्षमता र सार्वजनिक सेवा प्रवाहलाई बढावा दिने उद्देश्यले , समुदायको आवश्यकता र आकांक्षा सँग मेल खाने बलियो र वातावरणमैत्री संरचनाको रूपमा निर्माण गरिएको जानकारी दिनु भयो ।

उत्त कार्यक्रममा जाजरकोट जिल्ला, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी ,र अन्य कर्मचारी लगायतको उपस्थितिमा आज एक कार्यक्रमका बिच औपचारिक रुपमा प्रशासनिक भवन जिल्ला प्रशासन लाई परियोजना प्रबन्धक द्वारा आवास हस्तान्तरण गरिएको छ । 

यो भवन बलियो र सुरक्षित आवास सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गरिएको बताईएको छ नमूना आवासका लागि तयार गरिएको भवनमा दुई वटा कोठा रहेको छ । यसै कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले बोल्दै भुकम्पले गर्दा सम्पूर्ण भवन भत्किएको अवस्थामा विल्डअप नेपाल बाट निर्माण गरिएको भवन हाम्रो कार्यालयलाई हस्तान्तरण गर्दा धेरै ठुलो सहयोग तथा प्रशासनिक भवनमा टेवा पुगेको बताउदै विल्डअप नेपाल लाई प्रमुख जिल्ला अधिकारी ले धन्यवाद व्यत्त गर्दै आगामी दिनमा विल्डअप नेपाल सगँ सहकार्य गरेर काम गर्ने मैाका फेरि जुरोस भन्ने अभिव्यक्ति प्रकट गर्नु भएक्को थियो ।

साथै विल्डअप नेपाल द्वारा निमार्ण गरिएको नमुना भवन जाजरकोट जिल्लाको सेतो दरबारको दक्षिण तर्फ रहेको जिल्ला प्रशासनको जग्गामा निर्माण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय