रुकुमको आठविसकोट नगरपालिकामा भुकम्पबाट क्षतिग्रस्त घरहरुको डिजास्टर ड्यास्टर असेसमेंट (DDA) गर्ने काम स्थानीय जनप्रतिनिधि, वडा स्तरीय विपत्त ब्यवस्थापन समिति, र NDRRMA ले खटाएका प्राविधिकहरुको समन्वयमा गरिएको छ।

१०३९४ लाभग्राहीहरुमध्ये हालसम्म वडा नं. १३, ४, ७, ८, ५, र १० को DDA सकिएको छ। वडा नं. १२, ११, १४, १, २, र ६ को हप्ता दिनभित्र सकिदैछ। वडा नं. ३ र ९ को आज सुरु हुदैछ।

करिब ६००० घरहरुको DDA सकिएको छ। बाकी DDA सकिन प्राविधिकका अनुसार करिब १६ दिन लाग्ने अनुमान छ। NDRRMA ले खटाएका प्राविधिकहरुलाई सम्पूर्ण व्यवस्थापन NDRRMA ले नै गरेको हो।

यदि कोही कसैले DDA मा खटिने प्राविधिक तथा सम्बधित जो कोहिले DDA को नाममा भुकुम्प पीडित हरु बाट पैसा असूलेको वा मागेको भए सम्बन्धित लाभग्राहिहरुले तुरुन्त जानकारी गराउनु होला। कडा भन्दा कडा कारबाही गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय