नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी गठन गरेर एजेन्डा उठाउदैँमा वैकल्पिक शक्ति बन्न नसकिने बताएका छन्।

शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम ः एक दुरदर्शी विद्रोही’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक अवधारणा, सोच, नीति र कार्यक्रम लिएर जानु मात्र वैकल्पिक शक्ति भएको भन्दै पार्टी गठन गर्दैमा वैकल्पिक नहुने बताए।

उनले भने, ‘पार्टी गठन गर्ने, चारजना मान्छे जम्मा हुने, एउटा नेता हुने, एक खालको एजेन्डा उठाइदिने वैकल्पिक भन्ने जस्तो देखिन्छ त्यस्तो हुनु हुदैँन् । जसले वैकल्पिक अवधारणा, वैकल्पिक सोच, नीति कार्यक्रम र विश्व र नेपाल सुहाउँदो नीति व्यवहार र आचरण लिएर जान्छ त्यो नै वैकल्पिक भएर आउँछ ।’

उनले भारतसँगको असमान सम्बन्ध नसच्याएसम्म नेपालको विकास हुन नसक्ने भन्दै यसलाई तथ्यको आधारमा नयाँ पुस्ताले अघि बढाउनुपर्ने बताए।

‘म कसैलाई गाली गर्ने पक्षमा छैन्। तर भारतको अर्थतन्त्र ठूलो छ, हाम्रो सानो छ,’ उनले भने, ‘खुला सिमानाले गर्दा प्रतिस्पर्धा गर्नै सकिदैन्, त्यसले गर्दा भारतसँगको जुन असमान सम्बन्ध बन्यो, त्यसलाई नसच्याएसम्म नेपालको विकास हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय