क्यालिफोर्निया, अमेरिका – NRNA USA California Chapter को आगामी चुनावमा रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा जन्मिएका बालकृष्ण केसीले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका छन्।
बालकृष्ण केसीले आफ्नो उम्मेदवारी घोषणा गर्दै युवाको शक्ति र सम्भावनालाई उजागर गर्ने उद्देश्यले काम गर्ने बताएका छन्। उनी युवालाई साथ, समर्थन र मार्गदर्शन गर्ने उद्देश्यले काम गर्न चाहन्छन्।
NRNA USA California Chapter को चुनावमा बालकृष्ण केसीको उम्मेदवारीले नेपाली समुदायमा नयाँ ऊर्जा र उत्साह ल्याउने आशा गरिएको छ। हामीले उहाँको उम्मेदवारीलाई सफलता मिलोस् भन्ने कामना गर्दछौं।
बालकृष्ण केसीले घोषणा पत्र लेख्दै यस्तो भन्नु हुन्छ।
आदरणीय क्यालिफोर्नियावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार, म,बालकृष्ण के.सी., यसपालि NRNA USA California Chapter को उपाध्यक्ष पदमा उमेदवारी घोषणा गर्दैछु भन्ने जानकारी गराउन चाहन्छु।
युवा केवल ऊर्जाशील पात्र मात्र होइन, नविन सोच, सिर्जनशीलता र सम्भावनाको ज्वालामुखी हो। युवा राष्ट्र निर्माणको मेरुदण्ड हो — परिवर्तनको अग्रदूत र उज्ज्वल भविष्यको आधार हो।
म विश्वास गर्छु कि आजको पुस्ताले परिवर्तन चाहन्छ, र त्यो परिवर्तनको नेतृत्व गर्ने शक्ति युवामा छ। त्यसैले म आशा गर्छु— तपाईंहरूले हरेक हिसाबले युवालाई साथ, समर्थन र मार्गदर्शन गर्नुहुनेछ।
🇳🇵🙏🇺🇸 जय नेपाल, जय प्रवासी नेपाली!







