प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते विश्वासको मत लिने भएका छन्।

प्रधानमन्त्री ओलीले अब साउन ६ गत बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने सत्ता पक्षका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।

आज प्रधानमन्त्री ओलीले केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग छलफल गरेसँगै विश्वासको मत लिने तय भएको हो।

ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए भने ३१ गते सपथग्रहण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय