रुकुम पश्चिम, प्रगतिशील राष्ट्रिय अभियान नेपालले आज चौरजहारी नगरपालिकामा एक विशेष कार्यक्रमको आयोजना गर्दै ४९ सदस्यीय नगरस्तरीय अभियान समन्वय समिति गठन गरेको छ। स्थानीय तथा जिल्लास्तरका अभियन्ताहरूको उत्साहजनक उपस्थिति रहेको उक्त कार्यक्रम सुव्यवस्थित वातावरणमा सम्पन्न भएको हो। कार्यक्रमको समयोजन सुदास स्वर्णकारले गर्नुभएको थियो, जसले सम्पूर्ण कार्यक्रमलाई संयोजित ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका खेल्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय अभियन्ता तथा जिल्ला समन्वयकर्ता सन्देश केसीले प्रगतिशील राष्ट्रिय अभियानले देशभरि सञ्चालन गर्दै आएको सुदृढ संगठन निर्माण अभियानबारे विस्तृत रूपमा धारणा राख्दै युवाहरूको सक्रियता र जनस्तरमा बढ्दो विश्वास अभियानका लागि ऊर्जा हो भन्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार चौरजहारी जस्तो सम्भावनायुक्त नगरपालिकामा ४९ सदस्यीय समिति गठन हुनु अभियान विस्तारको महत्वपूर्ण पूर्वाधार हो।

कार्यक्रमको अध्यक्षता शुदास स्वर्णकारले गर्नुभएको थियो। अध्यक्ष स्वर्णकारले नयाँ समन्वय समितिलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा नगरभित्रका सामाजिक, शैक्षिक, सांस्कृतिक र राजनीतिक गतिविधिहरूमा अभियानको सकारात्मक भूमिका हुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो।

नवगठित समिति गठनसँगै उपस्थित सदस्यहरूले अभियानको मूल उद्देश्य— सामाजिक न्याय, नागरिक अधिकार, युवा क्षमता विकास, र उत्तरदायित्वपूर्ण नेतृत्व निर्माण—प्रति आफूहरू प्रतिबद्ध रहेको घोषणा गरे।
कार्यक्रममा सहभागीहरूले स्थानीय युवाहरूको सहभागिता, सामुदायिक भूमिका विस्तार, तथा नगरस्तरमा परिवर्तनकारी गतिविधि अघि सार्ने विषयमा पनि छलफल गरेका थिए।

समितिको गठनपछि कार्यक्रम अन्त्यमा धन्यवाद ज्ञापन गर्दै आयोजकहरूले आगामी दिनमा थप प्रशिक्षण, परामर्श कार्यक्रम र अभियान विस्तारका योजनाहरू ल्याइने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय