रुकुम पश्चिम, २८ साउन २०८२। नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रुकुम पश्चिमको बैठक आज जिल्ला पार्टी कार्यालयमा सुरु भएको छ। बैठकको औपचारिक उद्घाटन पार्टीका स्थायी समिति सदस्य तथा रुकुम पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ ले गर्नुभएको थियो।

बैठकमा जिल्लाभरका संगठनात्मक गतिविधि, आगामी राजनीतिक कार्यक्रमहरू, स्थानीय तहमा पार्टीको भूमिका र जनताबीच संगठन विस्तारका विषयमा छलफल भइरहेको छ। साथै, हालको राष्ट्रिय राजनीतिक परिस्थिति र जनजीविकासम्बन्धी मुद्दामा एकीकृत रूपमा निर्णय लिन छलफल जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय