रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नं. ११ गोइरीका नगर प्रहरी सन्देश बी.क.ले सुरु गरेको किबी खेती अहिले गाउँघरमा चर्चाको विषय बनेको छ। प्रहरी सेवामा सक्रिय रहेका बी.क.ले खाली समयको उपयोग गर्दै केही वर्षदेखि किबी खेती गर्दै आएका छन्।
उहाँको मेहनतले अहिले फल दिन थालेको छ र उत्पादन पनि राम्रो भइरहेको छ। बजारमा किबीको माग बढिरहेकै बेला गोइरीको माटो र मौसम अनुकूल भएको देखिएको छ। अहिले उहाँका बारीमा फलेका किबीहरू बिक्रीका लागि तयारी अवस्थामा छन्।
स्थानीयले पनि सन्देश बी.क.को पहलबाट प्रेरणा लिएको बताएका छन्। प्रहरीको पोशाकभित्र कृषकको पहिचान बनाएका बी.के.को यो प्रयासले गाउँमा आत्मनिर्भरताको सन्देश दिएको छ।







