काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको थानकोट प्रहरी वृत्त पुनःनिर्माणका लागि अभिनेता दीपकराज गिरीले पाँच लाख रुपैयाँ सहयोग गरेका छन् ।
उनले शुक्रबार सो सहयोग रकम नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हुन् । गिरीले प्रहरी संरचना पुनःनिर्माणमा नागरिकको समेत जिम्मेवारी रहने उल्लेख गर्दै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
थानकोट प्रहरी वृत्त भवन जेनजी आन्दोलनका क्रममा आंशिक क्षति भएको थियो । प्रहरी प्रशासनले कलाकार गिरीको योगदानप्रति आभार व्यक्त गरेको छ ।







