द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले दुई ठूला दलको सहकार्यले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङग्याउँने विश्वास व्यक्त गरेकी छन्।
मंगलबार पीडित केन्द्रित संक्रमणकालीन न्याय कार्यान्वयनको सवालः आयोग, परिपुरण नीति तथा संरचनामा पीडितहरुको निर्णायक भूमिका अन्र्तक्रिया कार्यक्रममा उनले शान्ति प्रक्रिया सम्बन्धी कानून चाँडो पास हुन आवश्यक रहेको बताइन्।
‘कानून पास गर्ने कुरा रोकिनु भएन छिटो प्रक्रियामा गएर पास हुनुप¥यो। कानूनको कार्यान्वयन गर्ने प्रक्रियामा जानुप¥यो,’ उनले भने, ‘हामीलाई विश्वास छ र सकारात्मक आशावादी पनि छौं। अहिलेको हाम्रो लोकतन्त्रको इतिहासमा ठूला दुई वटा दलको सहकार्यले यो टुङग्याउँछ।’
उनले कानून, न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा पानी, माटो र परम्परामा नि सुहाउँदो हुनुपर्ने बताइन्।
सिमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरुले आ–आफ्नो पक्षबाट आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म टिआरसीलाई टुङ्गो लगाउन नसकिने उनको भनाई छ।
‘कानून कयौं कुराहरु न्यायको अवस्था समय धार्मिक, सामाजिक सांस्कृतिक देशको हावा, पानी, माटो र परम्परा पनि सुहाउँदो हुनुपर्ने रहेछ भन्ने मेरो बुझाई हो,’ उनले भनिन्, ‘सीमित समाज, जनचेतना, पीडितको पहुँचको लागि काम गर्ने र कूटनीतिक नियोगहरु पनि छन् । यो चार पक्षले आ–आफ्नो पक्षबाट केही आवश्यक कुराहरु त्याग गर्न नसकेसम्म यो टुङ्गो लाग्दैन।’







