रुकुम पश्चिम, आठबिसकोट ।आठबिसकोट नगरपालिका–७ मा अवस्थित खारखारा जलविद्युत आयोजना बाढीपहिरोका कारण केही समय अवरुद्ध भएको थियो । सरोकारवाला सबै पक्षको पहल र निरन्तर प्रयासपछि पुनःनिर्माण कार्य सम्पन्न भई आजदेखि आयोजना पुनः सञ्चालनमा आएको छ ।

बाढीपहिरोले विद्युत आपूर्ति अवरुद्ध भएपछि स्थानीय बासिन्दा लामो समयदेखि असुविधामा परेका थिए । तर मर्मत तथा पुनर्निर्माण कार्य पूरा भएसँगै आज (२०७८ असोज ४ गते) देखि आयोजनाबाट विद्युत आपूर्ति नियमितरूपमा सुरु भएको हो ।

स्थानीयवासीले जलविद्युत आयोजना सञ्चालनमा आउनु गाउँको दैनिकी सहज बनाएको भन्दै खुशी व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय