रुकुम पश्चिम, आठबिसकोट–१४ चुनावी माहोल तातेका बेला आठबिसकोट–१४ मा २३ जना व्यक्तिहरू नेपाली कांग्रेस परित्याग गरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेको घोषणा गरिएको छ। तर यस घटनाले स्थानीय राजनीतिमा गम्भीर तरंग पैदा गरेको छ।
विपक्षी पक्षको आरोप अनुसार उक्त प्रवेश कार्यक्रममा खानेपानीको सुविधा उपलब्ध गराइदिने आश्वासन सँग जोडिएको छ। “खानेपानीको लाइन जोडिदिन्छु, योजना पास गराइदिन्छु” भन्ने वाचा गर्दै चुनावी लाभ लिन खोजिएको दाबी गरिएको छ।
त्यसैगरी, सार्वजनिक गरिएको २३ जनाको सूचीमा रहेका केही व्यक्ति हाल भारतमा रहेको र कार्यक्रममा उपस्थित नै नभएको दाबीसमेत गरिएको छ। संख्या ठूलो देखाएर राजनीतिक सन्देश दिन खोजिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ।
स्थानीय बासिन्दाहरूले खानेपानीजस्तो आधारभूत आवश्यकतालाई चुनावी हतियार बनाउनु गम्भीर विषय भएको बताएका छन्। उनीहरूका अनुसार विकासको नाममा प्रलोभन बाँड्ने प्रवृत्ति लोकतान्त्रिक संस्कृतिका लागि घातक हुन सक्छ।







