अल्मेडा, क्यालिफोर्निया – अमेरिकाको क्यालिफोर्नियास्थित अल्मेडा काउन्टीमा नेपाली नागरिक ४५ वर्षीय रमेश कुँवर मृत अवस्थामा फेला परेका छन्। कैलाली घर भएका कुँवर आइतबार आफ्नै अपार्टमेन्टमा मृत फेला परेका हुन्।

प्रारम्भिक जानकारी अनुसार उनको मृत्यु केही दिन अगाडि नै भएको अनुमान गरिएको छ। घटनास्थलमा रगतका टाटाहरु फेला परेका छन्, जसले घटनालाई शंकास्पद बनाएको छ।

अविवाहित कुँवर गत जुलाई २० देखि नेपालमा रहेका परिवारसँग सम्पर्कविहीन थिए। परिवारले लामो समयसम्म सम्पर्क हुन नसकेपछि चिन्ता व्यक्त गर्दै खोजी कार्य अगाडि बढाएका थिए।

हाल स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ भने मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। नेपाली समुदायमा यो खबरले दुःख र स्तब्धता फैलिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय