माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ। शुक्रबार सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएसँगै माओवादी कोशी सरकारबाट बाहिरिएको हो।

माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन्।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएपनि माओवादी कोशीमा सरकारमै थियो ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादीले बनाएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाहेसम्म सरकारमा बसेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय