कुवेतमा अलपत्र परेका ४ जना नेपालीको उद्धार भएको छ। एजेन्टले कुबेतमा ल्याएर ३–४ महिनादेखि अलपत्र पारेका उनीहरूलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एंव पूर्व खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गरिएको हो।

नवलपरासी घर भएका ९ जना मध्य ४ जनालाई उद्धार गरि नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकिय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान ९अश्मिर०ले बताए।

उनले अन्य ५ जनाको उद्धारका लागि पनि पहल भई रहेको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय