सुनसरी, सप्तरी र कपिलवस्तु जिल्लामा बुधबार भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । सुनसरी जिल्ला स्थित सुनसरी खोला ,सप्तरी जिल्लास्थित बलान खोला , कपिलवस्तु जिल्लास्थित कोइली वाणागंगा खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको विभागको बाढी पूर्वानुमान महाशाखाले बताएको हो । सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरू साँझसम्म सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

सप्तरी जिल्लाकै खाँडो खोलाको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागहरूमा रहनेहरूले दिउँसो ४ बजे सम्म सतर्कता अपनाउन भनिएको छ। सो नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भू-भागहरूमा साँझ सम्म उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय