नेकपा एमालेमा प्रदेश इन्चार्जहरू फेरेको छ। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले लुम्बिनीमा पद्‌मा अर्याल, सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई यथावत् राख्दै अन्य प्रदेशमा नयाँ इन्चार्ज फेरेको हो।

बैठकले कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, वाग्मती प्रदेशमा राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, कर्णाली प्रदेशमा गोरखबहादुर बोगटीलाई जिम्मेवारी दिइएको छ।

एमालेले सम्बन्धित भूगोलबाटै प्रदेश इन्चार्ज तोक्ने नीतिअनुरुप जिम्मेवारी हेरफेर गरेको हो।

यसैबीच बैठकले १७ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। सुवास कर्मचार्य, कुन्दन कुसवाह, जितेन्द्र देव, रामप्रित राम, कृष्णभक्त पोखरेल, कोमल तिमिल्सिना, गोविन्द पुन, केदार सिग्देल, मनोहर पौडेल, हरदेव जोशी, हरि उप्रेती, इन्द्र भण्डारी, महेश बर्तौला, सरिता भुसाल, प्रभा बराल, मञ्जु शर्मा चालिसे र आशा जबैकोलाई केन्द्रीय समिति सदस्य मनोनीत गरेको छ।

बैठकले निर्वाचन आयोग सदस्यहरुमा अमनसिंह तामाङ, जबि पोखरेल, नर्वदा भण्डारी, रत्ना गुरुङ र कमला केसीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने अनुशासन आयोगमा मायानाथ अधिकारीलाई सदस्यको रुपमा मनोनीत गरेको छ।

बैठकले सल्लाहकार परिषद्मा कुलानन्द गिरी, महेन्द्र थापा, पिएल श्रेष्ठ, शिवचन्द्र कुशवाह, रामप्रित पासवान, एकवाल मियाँ, गोपाल खनाल, खालिद हुसेन हकलाई मनोनीत गरेको छ।

त्यसैगरी हरि रिजाल, प्रेमबहादुर सिंह, कृष्णप्रसाद दाहाल, विनोद ढकाल, सानु श्रेष्ठ, सिर्जना शर्मा, प्रदीप भण्डारी, अर्जुनबहादुर थापा, श्याम बगाल, नारायण मरासिनी, घनेन्द्र घिमिरे, नन्दलाल रोकाया, जनक पौडेल, मेघनाथ सुवेदीलगायत अन्य केहीलाई समेत सल्लाहकार परिषद्मा मनोनीत गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय