तेहरान तेलअभिब इजरायली सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता Ali Khamenei मारिएको दाबी गरेका छन्। केही इजरायली टेलिभिजन च्यानल र अनलाइन पोर्टलहरूले सैन्य स्रोतलाई उद्धृत गर्दै हालैको हवाई आक्रमणमा खामेनी हताहत भएको हुनसक्ने उल्लेख गरेका छन्।

रिपोर्ट अनुसार तेहरानस्थित संवेदनशील सरकारी परिसरलाई लक्षित गरी गरिएको आक्रमणमा उच्च तहका अधिकारीहरू प्रभावित भएको दाबी गरिएको छ। तर उक्त दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

यता इरानी सरकारी पक्षले भने खामेनी सुरक्षित रहेको प्रतिक्रिया दिएको बताइएको छ। इरानी अधिकारीहरूले विदेशी सञ्चारमाध्यममा आएको समाचारलाई “प्रचारात्मक हल्ला” को संज्ञा दिएका छन्।

हालसम्म कुनै आधिकारिक अन्तर्राष्ट्रिय निकाय वा विश्वसनीय स्वतन्त्र स्रोतबाट खामेनीको मृत्यु भएको पुष्टि भएको छैन। घटनाक्रमबारे थप विवरण आउने क्रम जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय