आठबिसकोट, राष्ट्रिय प्रगतिशील अभियानका जिल्ला संयोजक कमरेड सन्देश केसीको नेतृत्वमा, साविक घेत्मा गाउँ विकास समिति (गाविस)का पूर्व वडाध्यक्ष र सम्पूर्ण वडा समिति सदस्यहरु आजबाट राष्ट्रिय प्रगतिशील अभियानमा आबद्ध भएको घोषणा गरेका छन्।

यसमा हाल आठबिसकोट नगरपालिका वडा नं १३ र १४ का निर्वाचित वडाध्यक्ष र सदस्यहरु, साथै पूर्व माओवादी केन्द्रका वडा अध्यक्ष र सम्पूर्ण वडा समितिका कमरेडहरु पनि सहभागी रहेका छन्।

साथै अभियानले सम्पूर्ण प्रगतिशील युवा, जेन्जी पुस्ता, महिला, बुद्धिजीवी, पत्रकार लगायत सम्पूर्ण जनसमुदायलाई यस अभियानमा आबद्ध हुन आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय