महान्यायाधिवक्ता रमेश बडालले पदभार ग्रहण गरेका छन्। बिहीबार राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथग्रहण लगत्तै महान्यायाधिवक्ता कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
पद भारका क्रममा महान्यायाधिवक्ता बडालले संविधान र कानूनलाई शिरमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘संविधानले जे दायरा लागू गरेको छ, त्यो दायरा अनुसार नै मैले र मेरो कार्यालयले सम्पूर्ण काम कारबाहीहरु गर्ने छ। यो काम गर्दा हामीले शिरमा संविधान र कानूनलाई राख्छौं,’ उनले भने, ‘संविधान र कानूनले जे निर्दिष्ट गर्छ त्यो भन्दा दायाँ बायाँ हाम्रो कार्यालयबाट केही काम हुँदैन्।’
उनले महान्यायाधिवक्ता कार्यालयले अगाडि सारेका योजनालाई अगाडि बढाउने समेत प्रतिवद्धता जनाएका छन्।







